नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कपिलवस्तुले भातृ संगठनलाई पुर्णता दिएको छ । यसअघि जिम्मेवारी प्रदान गरेपनि शनिवार एक कार्यक्रमको आयोजना गरि पुर्णता दिएको छ । युवा संघ,अनेरास्ववियू र पिपुल्स भोलेन्टीयरको नेतृत्व सहित जिल्ला कमिटिलाई पूर्णता दिएको पार्टीका जिल्ला अध्यक्ष लंका बहादुर हमालले बताउनुभयो ।
अनेरास्ववियू कपिलवस्तुको जिम्मेवारी दिपक अनुरागीले पाउनुभएको छ । जसको उपाध्यक्षमा सम्झना चौधरी, सचिवमा रामप्रसाद पौडेल, सह सचिवमा गीता रेग्मी, कोषाध्यमा कमल बेल्वासे रहनुभएको छ । भेलाले ५१ सदस्यिय जिल्ला कमिटी घोषणा गरेको अनेरास्ववियू कपिलवस्तुका अध्यक्ष अनुरागीले जानकारी दिनुभयो ।युवा संघको अध्यक्षमा कृष्ण कार्की,उपाध्यक्षमा साहीजाद खान सहित ५८ सदस्य जिल्ला कमिटि गठन भएको छ ।
पिपुल्स भोलेन्टीयरको अध्यक्षमा विष्णु,उपाध्यक्षमा प्रकाश अधिकारी सहित ७५ सदस्य किमिट गठन भएको छ । त्यस्तै प्रदेश कमिटि सदस्यमा शिवराज नगरपालिका १ निवासी सरोज शर्मालाई मनोनित गरिएको छ ।
जिल्ला कमिटी घोषणासभामा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश शाही, नेकपा (एस) का लुम्बिनी प्रदेश कमिटीका सदस्य क्षेत्र बहादुर खत्री, अहमद अब्दुल रउफ,जिल्ला अध्यक्ष लंका हमाल, युवा संघ नेपालका केन्द्रीयउप महासचिव सरिता श्रीस, अनेरास्ववियूका केन्द्रीय सचिव सुशील पौडेल, युवा संघ नेपालका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष किशोर थापा,सचिव चन्द्रकान्त न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।त्यस्तै पाटीका जिल्ला उपाध्यक्ष गिता अन्जान,नेत्रलाल खनाल,सचिव सर्वेन्द्रनाथ खनाल,शिवराज नगर अध्यक्ष सरोज पौडेल,जिल्ला सहसचिव ओम प्रसाद कुर्मी लगाएतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया