Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

विजयनगरमा विपन्न परिवारलाई रोजगार ।।

राम अवतार चौधरी
कपिलवस्तु, ५ भाद्र ।

कोभिड–१९ अर्थात् कोरोना भाइरस कारण विश्व नै प्रतिकूल परिस्थितमा गुज्रिरहेको बेला भएको लकडाउन बन्दाबन्दीले धेरैलाई बेरोजगार बनायो । दैनिक ज्याला मजदुरी गरी जिवीको पार्जन गरी गुजार चलाउनेहरुलाई त झनै अप्ठ्यारो बनाइरहेको बेला त्यस्ता परिवारका सदस्यहरुलाई लकडाउनमा इन्देणी सामुदायिक वनले भने ४० मजदुरलाई रोजगारी दिएको छ ।

बन्दाबन्दी सुरु भए पछि ज्याला मजदुरी गर्नेहरुको काम खोसिएको अवस्थामा कपिलवस्तुको विजयनगर गाउँपालिका–२, लोहरौलामा अवस्थित इन्देणी सामुदायिक वनले भने ४० जनालाई झन्डै एक महिना रोजगार दिएको हो । ३ सय ७७ हेक्टर क्षेत्रफलमा रहेको सामुदायिक वनले वृक्षारोपण, कटान, छपान र ताराबारका लागि काम दिएको इन्दे्रणी सामुदायिक वनका अध्यक्ष बनवारीलाल थारुले बताए । लकडाउन र बन्दा बन्दीका कारण घरमा बेरोजगार बसेका सामुदायिक वनका उपभोक्ताहरु मध्ये विपन्न परिवारका सदस्यलाई काम दिएको जनाउँदै वन व्यवस्थापन हुनुका साथै लकडाउनमा रोजगार समेत भएको अध्यक्ष थारुले बताए ।

गत आर्थिक बर्ष प्राकृति सतिसाल संरक्षण, पोखरी निर्माण र जडिबुटी बृक्षरोपण लगायतका कार्यक्रम अन्र्तगत ३ हेक्टर क्षेत्रफलमा ५ हजार २ सय वृक्षरोपण गरिएर गरि दर्जनौं घरपरिवारलाई रोजगारीका अवसर सिर्जना गरिएको वनको कोषाध्यक्ष अनु थारुले बताइन् । वनले ५ हजार ५ सय क्युफ्टि काठ निकासी तथा बिक्री वितरण गरि लगभग ४३ लाख बराबरको आम्दानी गरेको कोषाध्यक्ष थारुले जानकरी दिइन् ।

लकडाउनका कारण ज्याला मजदुरीको काम ठप्प भएको अवस्थामा सामुदायिक वनले काम दिएर भोकै बस्नु पर्ने अवस्था टारिदिएको लोहरौला निवासी प्रेम शंकर थारुले बताए । थारुले भने खाली समयको सदुपयोग हुनुका साथै आफ्नै गाउँघरमा काम पाउँदा खुसी भएको उनले जनाए । समुदायको संरक्षण र उपभोगका लागि बनाएका सामुदायिक वनले समुदायका हरेक गतिविधीमा साथ र सहयोग गर्दै आएकोले वन प्रति झनै उत्साहित भएको थारुले बताए ।

सामुदायिक वनबाट हुने आयको ७० प्रतिशत वन विकास तथा व्यवस्थापनमा लगानी हुने र ३० प्रतिशत समुदायस्तरमा लगानी गर्दै आएको छ । आर्थिक बर्ष ०७५÷०७६ मा इन्दे्रणी वनले १ सय जनालाई रोजगारी दिएको थियो । यस बर्ष वन संरक्षणका लागी ३ हेक्टर क्षेत्रफलमा तारबारको काम भएको बताइएको छ । अगामी समयमा भने कृषिका उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने योजना रहेको साथै यस बर्षमा करिब ५० लाख बराबरको काठ उपभोक्तालाई बिक्री वितरण गरिने सामुदायिक वनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma