

कपिलवस्तु — बन्जाडे समुदायको संगठन विस्तार गर्ने उद्देश्यले बन्जाडे समाज कपिलवस्तु गठन गरिएको छ। समाजको प्रथम साधारण सभा तथा अधिवेशन शनिबार गोरुसिङ्गेमा सम्पन्न भएको हो।
अधिवेशनले आगामी तीन वर्षका लागि शालिकराम बन्जाडेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको उपाध्यक्षमा शिव बन्जाडे, सचिवमा दिनेश बन्जाडे, कोषाध्यक्षमा भबि बन्जाडे चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा पदमलाल बन्जाडे, बिनबहादुर बन्जाडे, शंकर बन्जाडे, रघुनाथ बन्जाडे, विष्णुप्रसाद बन्जाडे, निर्मला बन्जाडे, गोपाल बन्जाडे र गोविन्द बन्जाडे रहेका छन्।
यसैगरी सल्लाहकार समिति संयोजकमा रुद्रलाल बन्जाडे तथा सदस्यहरूमा गौरीप्रसाद बन्जाडे, नन्दलाल बन्जाडे र जालन्धर बन्जाडे चयन भएका छन्। प्रेस सल्लाहकारमा विकास बन्जाडे र कानुनी सल्लाहकारमा अधिवक्ता कृष्ण बन्जाडे मनोनित गरिएको छ।
कार्यक्रम बन्जाडे समाजका केन्द्रीय संयोजक हेमराज बन्जाडेको प्रमुख आतिथ्यता तथा लालचन्द्र बन्जाडे, रुद्रलाल बन्जाडे, जगतप्रसाद बन्जाडे लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट बन्जाडे बन्धुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नवनिर्वाचित अध्यक्ष शालिकराम बन्जाडेले जिल्लामा छरिएर रहेका सम्पूर्ण बन्जाडे बन्धुलाई एकीकृत गर्दै आपसी भाइचाराको सम्बन्ध सुदृढ बनाउने उद्देश्यले समिति गठन गरिएको बताए। उनले सबैलाई संस्थामा आवद्ध हुन आग्रह समेत गरेका छन्।
अधिवेशनले बन्जाडे बन्धुको वंशावली निर्माण कार्यलाई सहजीकरण गर्ने तथा केन्द्रीय महाधिवेशनका लागि रुद्रलाल बन्जाडे, बिनबहादुर बन्जाडे, शालिकराम बन्जाडे, शिव बन्जाडे र दिनेश बन्जाडेलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय समेत गरेको जिल्ला सचिव दिनेश बन्जाडेले जानकारी दिए।


प्रतिक्रिया