राम अवतार चौधरी
कपिलवस्तु, ८ भाद्र ।

ईलाका प्रहरी कार्यालय बहादुरगञ्जले १७ हजार बराबरको अवैद्य सामाग्री बरामद गरेको छ । भारतबाट भन्सार छलि गरि साईकलमा ढुवानी गरेर ल्याएको अवस्थामा चेकजाँचको क्रममा बरामद गरिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बहादुरगञ्जबाट आइतबार खटिएको टोलीले ३५ पोका पार्ले जी विष्कुट, ४१ लिटर जय माँ भारत खाने तेल, १० प्याकेट फुल्कि रहेको छ । त्यसैगरी ४० पिस सेतो माला, २० प्याकेट प्लाष्टिक थाल, ४० प्याकेट रातो अविर रङ, ५ प्याकेट रातो सिन्दुर रङ र ३ थान साईकल सहित बरामद गरिएको र सो अवैध कार्यमा संग्लन मानिसहरु भने फरार रहेको प्रहरीको भनाई छ । बरामद सामाग्री करिब १७ हजार ३ सय ५० रुपैयाँ रकम बराबर रहेको जनाउँदै उक्त सामान आवश्य कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाईएको ईलाका प्रहरी कार्यालय बहादुरगञ्जका नायब निरीक्षक धर्मराज भण्डारीले जनाए ।

अवैध क्रियाकलाप नियन्त्रणमा आफूहरु सजग रहि तस्करहरुको पहिचानमा सदवै तत्पर रहेको उनले बताए । आम सर्वसाधारण लगायत सरोकारवालासँग निरन्तर छलफलमा जुटेको बताउँदै अवैध कार्यमा संग्लन व्यक्तिहरुको थप खोजी कार्य भइरहेको नायब निरीक्षक भण्डारीले जानकारी दिए ।

0Shares