Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

थप ९२७ जना सङ्क्रमितसहित कुल ३६ हजार ४५६ पुग्याे

नेपालमा ९२७ कोरोना सङ्क्रमित थपिएका छन् । थप ३३४ महिला र ५९३ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३६ हजार ४५६ पुगेको जनाएको छ ।

नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १६ हजार १९ रहेका छन् । होम आइसोलेसनमा छहजार ४४६ र संस्थागत आइसोलेसनमा नौ हजार ५७३रहेका छन् ।

आइसीयूमा १६४ जना रहेका छन् भने भेन्टिलेटरमा २२ जना रहेर उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा १६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५६ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २० हजार २४२ पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश नेपाली क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू आठ हजार ९३९ रहेका छन् ।

१२ जनाको मृत्यु

नेपालमा २४ घण्टामा सङ्क्रमित चार महिलासहित १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुने १९५ पुगेको छ । नेपालमा कुल सङ्क्रमितको अनुपातमा मृत्यु हुने प्रतिशत शून्य दशमलब ५३ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma