Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

विज्ञको खुलासा : परीक्षणबिना नै प्रयोग गरिरहेको छ चीनले कोरोना भ्याक्सिन

एजेन्सी । कोरोना भाइरस ९कोभिड–१९० को उद्गम स्थल चीनमा कोरोना विरुद्धको भ्यासिन परीक्षणबिना नै प्रयोग भइरहेको खुलासा भएको छ । चीनको एक वरिष्ठ स्वास्थ्य अधिकारीले चिनियाँ सरकारले छानिएका केही क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई परीक्षण पुरा नभएको भ्याक्सिन दिइरहेको बताएका छन् ।

बिबिसी हिन्दीमा प्रकाशित एक रिपोर्टकाअनुसार राष्ट्रिय स्वास्थ्य आयोगका विज्ञान तथा प्रविधि केन्द्रका प्रमुख चेंग चोंगोईले चिनियाँ सरकारी सञ्चार संस्था सिसिटिभीलाई दिएको एक अन्तवार्तामा सार्स कोभी टू भ्याक्सिन स्वास्थ्यकर्मी तथा सीमामा खटिएका अधिकारीहरुलाई आपत्कालीन प्रयोग गर्नका लागि सरकारले अनुमती दिएको बताएका हुन् ।

चांगोईले भ्याक्सिन विकास गर्नेवाला टास्कफोर्सको नेतृत्व गरिरहेका छन् । सीमामा काम गर्नेहरुमाथि संक्रमणको जोखिम बढी भएकाले उनीहरुलाई भ्याक्सिन प्रयोगको अनुमती दिइएको चांगोईले बताएका छन् ।

यससँगै चीनमा परीक्षण नसकिएको भाइरस प्रयोग भएको यो पहिलो पटक पुष्टि भएको हो । तर, कुन–कुन भ्याक्सिन कति जनालाई प्रयोग भएको भन्ने विषयमा भने अझै पुरा जानकारी आएको छैन ।

चांगोईले कानुनको पूर्ण पालना गर्दै उक्त भ्याक्सिन प्रयोग गरिएको बताएका छन् । जसअनुसार गम्भीर स्वास्थ्य संकटलाई मध्यनजर गर्दै परीक्षण पुरा नभएको सीमित उपयोगको अनुमती दिइएको उनले बताएका छन् ।

ुहामीले एउटा पुरा योजनाको सिरिज तयार गरेका छौँ, जसमा मेडिकल सहमति पत्र, साइड इफेक्ट मनिटरिङ प्लान, सुरक्षा योजना र मुआब्जासमेत सामेल छ ।ु चांगोईले भने, ुयो आपत्कालीन प्रयोग पुरा व्यवस्थीत तथा निगरानीभित्र रहेको छ ।ु

चांगोईले आगामी हिउँद अगाडि नै यो खोपको आधिकारिक परीक्षण पुरा गर्ने पनि बताएका छन् । योसँगै चीनमा अन्य अधादर्जन भ्याक्सिन अन्तिम चरणको परीक्षण्मा छन् । विश्वभर १ सय ७० वटाभन्दा बढी भ्याक्सिनमा काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma