Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

आर्सनलले जित्यो कम्युनिटी शिल्ड फुटबलको उपाधि

काठमाण्डौ – आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ ।

बेम्बली स्टेडियममा भएको फाइनलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५(४ गोल अन्तरले हराउँदै आर्सनलले उपाधि जितेको हो ।

खेलको निर्धारित समय १(१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउट गएको थियो । पेनाल्टीमा आर्सनलका रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पेरिक एम्रिक आबुमियाङले गोल गरेका थिए ।

प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको फाइनलमा खेल्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma