Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

युरोपका केही देशमा बालबालिकालाई विद्यालय फर्काउने तयारी

काठमाण्डौ ( बेलायत, फ्रान्स, स्पेनलगायत युरोपियन देशहरुले आउँदो हप्ताबाट विद्यालय खुलाउने तयारी गरेका छन् ।

गएको हप्ताबाट कोरोना संक्रमणको दर केही घटेपछि ती देशहरुमा सुरक्षाका उपायसहित बालबालिकाहरुलाई विद्यालय फर्काउने तयारी सुरु भएको बीबीसीले जनाएको छ । भाइरसको संक्रमण रोक्न लगाइएको लकडाउन तथा प्रतिबन्धको कारण लामो विश्वका धेरैजसो बालबालिका घरमै बस्न बाध्य भएका छन् ।

घरबाट वैकल्पिक पढाइको व्यवस्था भए पनि त्यो बालबालिकाका लागि प्रभावकारी नभएको गुनासो बढिरहेको छ । यसैबीच गएको २४ घण्टामा मात्रै दुई लाख ३५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा मात्रै झण्डै ६९ हजार बिरामी थपिएका छन् ।

अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ५६ लाख १८ हजार नाघेको छ । यसमध्ये आठ लाख ५४ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । एक करोड ७९ लाख १७ हजारभन्दा धेरै निको भएका छन् । अमेरिकामा मात्रै संक्रमतिको संख्या ६२ लाख नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma