सन्धिखर्क : अर्घाखाँचीमा समुदायस्तरमा कोरोना फैलिएको छ। स्वास्थ्यकर्मी, कर्मचारी, र तरकारी व्यवसायीलगायतमा कोरोना पुष्टि भएको छ । समुदायस्तरमा कोरोना देखिन थालेपछि स्थानीय ससंकित भएका छन् । 

कोरोना पुष्टि हुनेमा सन्धिखर्क नगरपालिका विभिन्न स्थानका पाँच पुरुष, र शितगंगा नगरपालिकाका एकजना पुरुषसहित ७ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले  जानकारी दिए  ।

जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २५ रहेको छ । ३ सय २६ जना कोरोना जितेर घर फर्किएका छन् । हालसम्मको संक्रमित संख्या ३ सय ५४ पुगेको छ । कोरोना संक्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए  ।

0Shares