Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुमा थप ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण

कपिलवस्तुमा थप ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ। यस संगै जिल्लामा ५५  जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय अनुसार मंगलबार जिल्ला प्रहरी कार्यालयका ३ र सशस्त्र प्रहरीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  

अहिले सम्म नेपाल प्रहरीका ४९ र सशस्त्र प्रहरीका ६ जनामा संक्रमत भएको छ। त्यस मध्ये नेपाल प्रहरीका १८ र सशस्त्रका एक जना निको भई काममा फर्किसकेका छन्। नेपाल प्रहरीका ३१ र सशस्त्रका ५ जना आइसोलेसनमा उपचाररत छन्। जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार १ सय २८ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए।    

एउटै टोलमा १७ संक्रमित  

कपिलस्तुको तौलिहवामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ। चोकबजार र सागरटोलमा समुदायस्तरमा बढी संक्रमण फैलिएको छ। त्यसमध्ये कपिलवस्तु नगरपालिका–२ सागरटोलमा अहिले घर घरमा कोरोना फैलिएको छ। सागरटोलमा मंगलबारसम्म १७ जना संक्रमित भएका छन्। शिक्षक, विद्यार्थी, गृहणी, गैर सरकारी संस्था,  पुजारी गरी १७ जना संक्रमित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma