Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुमा १३ हजार परिवारको स्वास्थ्य बीमा

मोफसल खबर

कपिलवस्तुमा तीन वर्षको अवधिमा १३ हजार ६ सय ५ परिवारले स्वास्थ्य बीमा गराएका छन् । जिल्लाका दश स्थानिय तहमा खटिएका ९६ जना बीमा दर्ता सहयोगीहरुले हाल सम्म ७२ हजार ४ सय ७४ जनाको स्वास्थ्य बीमा गराएका हुन् । स्वास्थ्य कार्यालय बीमा ईकाइका अनुसार सुरुवाती चरण भन्दा पछिल्लो समयमा बीमा गर्नेहरुको संख्या घटेको जनाएको छ ।
जिल्लाको वाणगंगा नगरपालिकामा सबैभन्दा धेरै ५ हजार १३४ परिवारका २६ हजार ७ सय जनाले बीमा गरेका छन् । बुद्धभूमि नगरपालिकामा २ हजार ७ सय ३० परिवारका १४ हजार जना, महाराजगन्ज नगरपालिकामा १ हजार ५० परिवारका ६ हजार ९० जना र कृष्णनगर नगरपालिकामा ८ सय ६९ परिवारका ५ हजार १४ जनाले स्वास्थ्य बीमा गराएका छन् । यस्तै कपिलवस्तु नगरपालिकामा १ हजार ३ सय ९९ परिवारका ७ हजार जना, विजयनगर गाँउपालिकामा ६ सय ९० परिवारका ३ हजार ७ सय ५० जना र शिवराज नगरपालिकामा ८ सय ५४ परिवारका ४ हजार ५ सय जनाले बीमा गराएका छन् ।
शुद्धोधन गाँउपालिकामा ४ सय ४२ परिवारका २ हजार २ सय १० जना, मायादेबी गाँउपालिकामा २ सय ३६ परिवारका , १ हजार २ सय ८० जना, यशोधरा गाँउपालिकामा २ सय १ परिवार, १ हजार ९ सय ३० जनाले बिमा गराएको स्वास्थ्य बीमा बोर्डकी दर्ता अधिकारी सुजता महर्जनले बताउनुभयो । अहिले सम्म स्वास्थ्य बीमा गरेवापत नगद रकम रु २ करोड १२ लाख ४ हजार ९८५ रकम संकलन भएको महर्जनले बताउनुभयो ।
जेष्ठ नागरिक र अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिएको महर्जनले बताउनुभयो । आर्थिक वर्ष २०७६।७७ मा ४ हजार २ सय ३२ जेष्ठ सदस्य र ६ हजार ९सय ३२ जना अतिविपन्न परिवारका सदस्यहरुको निशुल्क स्वास्थ्य बीमा गरिएको स्वास्थ्य बीमा वोर्डका दर्ता अधिकारी सुन्दरलाल चौधरीले बताउनुभयो ।
जिल्लामा स्वास्थ्य बीम सेवा लिनका लागि जिल्ला अस्पताल तौलिहवा, पिपरा प्राथमिक स्वास्थ्य चौकी, शिवराज अस्पताल बहादुरगंज, महाराजगंज प्राथमिक स्वास्थ्य केन्द्र र मायादेवी स्वास्थ्य चौकीलाई तोकिएको छ । तीन वर्षको अवधिमा शिवराज अस्पतालबाट स्वास्थ्य बीमा गराएका १८ हजार ६ सय नागरिकहरुहरुले सेवा लिएको अस्पतालनका स्वास्थ्य बीमा संयोजक राज शुक्लाले बताउनुभयो । जिल्लाको कृष्णनगर नगरपालिका,बिजयनगर गाउँपालिका,शिवराज नगरपालिका र महाराजगंज नगरपालिकाका नागरिकहरुले सेवा लिएको उहाँले बताउनुभयो । २०७५ साल जेठ १ गते बाट अस्पतालहरुले यो सेवा दिन सुरु गरेका थिए ।
सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा एक परिवारका ५ जना सदस्य सम्मको लागि वार्षिक ३ हजार ५ सय रुपैयाँको बीमा शुल्क तिर्दा बीमा कार्यक्रम लागू भएको स्वास्थ्य संस्थाबाट १ लाख रुपैयाँसम्म निशुल्क उचार हुने गर्दछ । त्यो भन्दा बढी परिवार हुनेले प्रति सदस्य थप ७ सय रुपैयाँ शुल्क तिर्नु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma