Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

वैकल्पिक विधि नै मूलधारको सिकाइ


वैकल्पिक विधि नै मूलधारको सिकाइ


सरकारले कोरोना भाइरसले प्रभावित अहिलेको अवस्थामा वैकल्पिक विधिलाई नै बालबालिकाको सिकाइको मूलधार मान्दै विद्यार्थीको पढ्न पाउने अधिकारको सुरक्षित गर्नुका साथै शैक्षिक सत्रको सदुपयोग गर्ने प्रतिबद्धता जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार भर्चुअल पत्रकार सम्मेलन गर्दै जस्तोसुकै सङ्कटमा पनि विद्यार्थीको सिकाइलाई निरन्तरता दिने जनाउनुभएको छ ।
मन्त्री पोखरेलले कोरोना भाइरसको सङ्क्रमणले सङ्कट निम्त्याएको भए पनि सिकाइ प्रभावित नहुने बताउनुभयो । यसका साथै अब नियमित कक्षा हुन नसक्ने अवस्थामा वैकल्पिक विधिलाई नै सिकाइको मूल धार मान्नुपर्ने अवस्था आएको उहाँले उल्लेख गर्नुभयो ।
नियमित र वैकल्पिक शिक्षालाई एकअर्काको परिपूरकका रूपमा अगाडि बढाउनुपर्ने अवस्था रहेको उहाँले स्पष्ट पार्नुुभयो । हाल सञ्चालित वैकल्पिक शिक्षामा सहभागी हुन नसकेका विपन्न अपाङ्गता भएका व्यक्तिलाई कसरी समेट्ने भन्ने हिसाबले कार्ययोजनाका साथ अगाडि बढ्ने तयारी समेत सरकारले गरेको जनाइएको छ ।
शैक्षिक सत्रको साढे चार महिनाभन्दा बढी समय गुज्रेको अवस्थामा पूर्वनिर्धारित सबै पाठ्यक्रमको पठनपाठन गर्न अब सम्भव नभएकाले त्यसलाई संश्लेषण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । त्यसका लागि काम भइरहेको र विद्यालयलाई भदौ महिनाभित्र संश्लेषित पाठ्यक्रम उपलब्ध गराइने उहाँले वचन दिनुुभयो ।
सामुदायिक विद्यालयका शिक्षकको कोरोना बीमा गराउने प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै मन्त्री पोखरेलले वैकल्पिक विधिको सिकाइमा क्रियाशील हुन शिक्षकहरूलाई आह्वान गर्नुभयो । शिक्षकलाई आफू कार्यरत विद्यालयमा जानका लागि सहजीकरण गरिने मन्त्री पोखरेलको भनाइ छ । जिल्ला प्रशासन कार्यालयमार्फत शिक्षकलाई सम्बद्ध विद्यालयमा पु¥याउने सरकारी योजना छ । स्थानीय सरकारले समेत यसमा भूमिका खेल्ने जनाइएको छ ।
सबै विश्वविद्यालयलाई कम्तीमा पनि छ महिनाको कोभिड शैक्षिक क्यालेन्डर बनाउन आग्रह गरिएको र धेरै विश्वविद्यालयले नयाँ क्यालेन्डर बनाएर मन्त्रालयमा पठाइसकेको जानकारी पनि मन्त्री पोखरेलले दिनुभयो । विश्वविद्यालयले पनि सङ्कटको समयमा समेत शैक्षिक गतिविधि अगाडि बढाउने पठनपाठन अवरुद्ध नगर्ने भएका छन् । निजी विद्यालयको शुल्क तथा शिक्षक तलब लगायतका कुरा स्थानीय तहमार्फत टुङ्गोमा पु¥याउने सरकारी योजना रहेको उहाँले जानकारी दिनुुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma