Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

अर्बपति चौधरी कोरोना संक्रमणबाट मुक्त, लेखे यस्ताे

काठमाडौं । अर्बपति विनोद चौधरी कोरोनाभाइरस संक्रमणबाट मुक्त भएका छन्। १० दिनको होम आइसोलेसनपछि उनी कोरोना भाइरस मुक्त भएका हुन् । चौधरीले शनिबार कोरोना संक्रमणबाट मुक्त भएको सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

१२ भदौमा कोरोना संक्रमित भएका चौधरीले फेसबुकमा लेखेका छन्, १० दिनसम्मको एकान्तबासमा तपाईंहरुको माया र ऊर्जाले ठूलो हौसला दियो। त्यही ऊर्जाकै कारण कोरोना संक्रमणबाट मुक्त भएको छु । मैले जीवनमा तपाईंहरु जस्ता आफन्त, इष्ट मित्र, साथी भाइ र शुभेच्छुक कमाएको रहेछु। यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महसुस गर्छु।ु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma