Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

एक हजार ५६६ कोरोना मुक्त

नेपालमा शनिबार एक हजार ४१ जनामा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ५६६ जना सङ्क्रमित कोरोना सङ्क्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।
गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक हजार ४१ जना सङ्क्रमित देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार शनिबार १२ हजार ४७३ जनाको पीसीआर परीक्षणका क्रममा थप एक हजार ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखिएको हो । शुक्रबार एक हजार ३५९ जनामा कोरोना पुष्टि भएको थियो । मन्त्रालयका अनुसार शनिबार सङ्क्रमित भएका एक हजार ४१ मध्ये ३४९ महिला र ६९२ पुरुष छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ४५ हजार २७७ पुगेको छ । हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ८७० मात्र छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma