Home राष्ट्रिय समाचार, समाचार पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
राष्ट्रिय समाचारसमाचार

पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । उनीहरुमध्ये २८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९४१ जना कोरोना मुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर