यो बेला धानको बाली फुटने समय हो। जुन किसान हर्सोउल्लासका साथ खुशी हुनु पर्ने ठाउमा दुखी र चिन्तित छन। हाम्रो देश कृषि प्रधान भए पनि कृषि क्षेत्रमा उचित लगानी न रहेकोहुदा किसानहरु पिडित छन्। रासायनिक मलको अभाव हुँदा कृषकहरु प्रत्यक्ष मारमा परेका छन् । वर्षभर खाने धान रोपेका कृषकहरुले धान गोडमेल गरी रासायनिक मल (यूरिया डि ए पी) सजह रुपमा नपाउँदा समस्यामा परेका हुन् । जिल्लामा सहज रुपले मल नपाउदा कोरोनाको बढ्दो जोखिमलाई चुनौती दिदै कपिलबस्तुका किसानहरु मल लिनका लागि भारतको सिमाना तिर ठूलो भीड लागेको देखियो ।किसानहरुले भारतको सिमा नाका बाट मलखाद ल्याउदा तस्करको संज्ञा दिइ सुरक्षाकर्मी द्वारा दण्डित भएका कतिपय उदाहरण पनि छन्। यता आकाशे पानीको भरमा किसानले खेती गर्ने गर्दछन,तर समय-समयमा पानी न पर्दा कृषकको लगानी खेर जाने भएको छ। हाम्रो देश नदी र तालहरुको देश भनेर पनि चिनिन्छ, भन्नु पर्दा जलस्रोतमा बिश्वको ब्रजिल पछिको दोस्रो ठुलो देश हो तर यहा सिचांईका लागी बाधको व्यस्थापन पनि छैन। जसको प्रत्यक्ष असर किसानमा पर्न गएको छ। एक जना किसान भन्छन् “हाम्रो देशमा समयमा न त मलखाद पाइन्छ,न त सिचाईको व्यवस्था छ। हामी कसको आसमा खेती गर्ने? यता सरकारले मलखाद उपलब्ध गराउन न सक्दा छिमेकि मित्र राष्ट्र भारत बाट जसो तसो गरी ल्याउदा यहाको पुलिस,प्रसासनको गाली ,लाठी खानु पर्दछ। कहिले सम्म यो अवस्था रहिरहन्छ त ?।” अर्को एक जना किसान भन्छन् “अब पानी न परे हाम्रा सम्पुर्ण भए भरको लगानी खेर जाने भएको छ, भने कोरोनाले गर्दा अन्य रोजगारी गर्न पनि गह्रो छ। सरकारले किसान लाई कुनै राहतको प्याकेज दिएन भने किसानका बाल बच्चा भोकले मर्न बाध्य हुन्छन।” कागजी रुपमा कृषि प्रधान भए पनि वास्तविता कृषि कार्यको लागि सरकारबाट कुनै लगानी छैन। बिचारा किसान चारै तिर बाट मर्कामा सरकारले मलखाद उपलब्ध गराउन सकिरहेको छैन्,भने आकाशको पानी पनि समयमा न पर्दा कृषकको लगानी नष्ट हुने भएको छ।

0Shares