Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुमा निषेधाज्ञा खुकुलो : सवारी संचालनमा जोर बिजोर लागू

कपिलवस्तु २२ भदौ
कपिलवस्तुमा थप एक साताको लागि निषेधाज्ञा थप गरेको छ । हिजो मात्र जिल्लाका चन्द्रौटामा व्यापारी तथा उद्योग वाणिज्य संघले लकडाउनेको विकल्प खोन्ज भन्दै ज्ञापन पत्र दिएका थिए ।कोरोना समुदायस्तरमा सङ्क्रमण नियन्त्रण गर्न प्रशासनले आज राति १२ बजेसम्मको जिल्लामा लागू गरेको निषेधाज्ञा केही खुकुलो बनाउँदै एक साताको लागि समय थप गरेको छ । जिल्ला सुरक्षा समितिकोे बैठकले जिल्लाभरि लागू हुने गरी भदौ ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । अत्यावश्यक दैनिक उपभोग्य वस्तु र सेवा भने बिहान ८ बजेदेखि दिउसो १ बजेसम्म चल्न पाउनेछन् ।
मुख्य राजमार्गमा अत्यावश्यक गाडी चल्न पाउने तर निजि सवारीमा भने जोर बिजोर लागू गरिएको छ । जोर नम्बर भएका सवारी जोर बार र बिजोर नम्बर भएका सवारी बिजोर बार चल्न पाउने छन् । प्रशासनले जारी गरेको सुचनामा मालवाहक ढुवानीका साधनहरु,एमबुलेन्स,शववाहनका सवारी संचालनमा रोक लगाइएको छैन् । यस्तै बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यावस्था मिलाउनुपर्ने छ ।सम्भव नभएको खण्डमा नेपाल राष्ट्र वैकले तोकेको वा न्यूनतम कर्मचारीहरुबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
जुन सकै कार्य गर्दा पनि अनिवार्य रुपमा सामाजिक तथा भौतीक दुरी कायम गरी स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न सङ्क्रमण ऐन, २०२० को दफा २ बमोजिम प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल द्धारा सुचना जारी गरिएको छ ।उद्योग तथा प्रष्ठिानहरु संचालन गर्न सकिने भएको छ । सरकारले तोकेको सुरक्षा मापदण्ड अपानई कामदारलाई उद्योगमै खाना बस्नको व्यावस्था मिलाउनुपर्ने भएको छ । यस्तै सभा, गोष्ठी, तालिम, पार्टी प्यालस,सैलुन, ब्युटीपार्लर, खेलकूद, पुस्तकालय, स्विमिङ पुल, मनोरञ्जनस्थलहरु भने यसअघिकै अनुसार पूर्णरुपले बन्द रहने छन् । शैक्षिक सस्था ,प्रशिक्षण केन्द्र,ट्युुसन सेन्टर लगाएत जमघट गर्न नपाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma