Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुका होटल व्यवसायीको अवस्था जटिल,असोज १ गतेवाट संचालन गर्ने

कपिलवस्तुमा असोज १ गते बाट होटल संचालन गर्न दिने बातावरण बनाउन व्यवासायीहरुले आग्रह गरेका छन् । कोरोना नियन्त्रण र रोकथामको लागि जिल्लामा निषेधाज्ञालाई केही खुकुलो बनाउदै लगे पनि होटल व्यवसाय संचालन गर्ने वातावरण नबनाएको भन्दै व्यवसायीहरुले जिल्लाका स्थानिय तह तथा प्रशासनलाई ज्ञापन पत्र बुझाएका छन् । जिल्लामा १५ अर्ब बढीको लगानिमा संचालमा रहेका होटलहरुले प्रत्येक्ष रुपमा १५ हजार बढीलाई रोजगारी प्रदान गरिरहेको अवस्थामा विगत ६ महिनादेखि व्यवसाय बन्द हुदाँ आकान्त अवस्थामा पुगेको होटल तथा रेष्टुरेन्ट व्यवसायी समिति कपिलवस्तुका महासंचिव रविन्द्र पौडेलले बताउनुभयो । प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा भ्रमण वर्षलाई लक्षित गरी होटल तथा पर्यटनमा व्यवसायीहरुले ठुलो रकम लगानी गरेको अवस्थामा हाल वैकको व्याज,किस्ता,घरभाडा,पानी,बिजुलीमा सरकारले छुट गर्ने अवधारण ल्याउनुपर्ने उल्लेख गरीएको छ । सानो पुजीवाट स्वरोजगार गर्दै आएका घरलु तथा लघु उद्यमी,ससाना चियापसल,खाजाघर तथा होटल रेष्टुरेन्टहरुलाईहरुलाई भौतिक दुरी कायम तथा सुरक्षीत भएर व्यवसाय संचालन गर्न दिनुपर्ने बताइएको छ । होटल व्यसायीहरुले कोरोनाका कारण भोग्नु परेको पीडा, आर्थिक समस्या र व्यवसाय नै छोडनु परेको अवस्था हुदाँ पनि व्यवसायीको पीडामा सरकारले नबुझेको भन्दै व्यवसायीहरु मानिसक तनावमा परि अप्रिय घटना समेत घटन सक्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी समिति कपिलवस्तुका महासचिव रविन्द्र पौडेल र घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तुका अध्यक्ष फुलकुमारी श्रेष्ठ द्धारा हस्ताक्षीत ज्ञापन पत्रमा असोज १ गते देखि होटल तथा व्यवासाय संचालन गर्ने व्यवस्था नमिलाए लकडाउन उल्लघन गर्दै स्वतस्फुर्त व्यवसाय संचालन गर्ने बाध्य हुने बताइएको छ । बिहिवार जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र वाणगंगा नगरपालिकामा ज्ञापन पत्र बुझाएको र भोली अन्य स्थानिय तहमा बुझाउने महासचिव पौडेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma