Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टी

कपिलवस्तुमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कपिलवस्तुमा एकैदिन ४ पालिकाका ४६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालका अनुसार आज थपिएका ४६ सहित कपिलवस्तुमा संक्रमितको संख्या १ हजार २ सय २४ पुगेको छ । जिल्लाको वाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका, शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकाका ४६ जना रहेका छन् । थपिने संक्रमितहरुमा नेपाल प्रहरी, शिक्षक, विद्यार्थी, गृहिणी, सामाजिक कार्यकर्ता, कर्मचारी र वैदेशिक रोजगारीमा गएका रहेका छन् ।
उता कोरोना पोजेटिभ भएर आइसोलेशनमा बसेका व्यक्तिहरुपनि निको भएर घर फर्कनको संख्या बढेको छ । जिल्लाको कुल १ हजार २ सय २४ कोरोना संक्रमित मध्ये १ हजार ६२ जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
कपिलवस्तुका एकजना कोरोना संक्रमितको काठमाडौंमा मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–६ बेलासपुरका २९ वर्षका युवकको त्रिवि शिक्षण अस्पताल काठमाडौंमा बिहीबार मृत्यु भएको हो । भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए ।मिर्गौलाको डायलासिस गराउंदै आएका उनमा उच्च रक्तचापको पनि समस्या रहेको थापाले बताए । योसंगै कपिलवस्तुमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६ पुगेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma