Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

बागलुङ बाढी पीडितलाई राहत जुटाउन कपिलवस्तुमा समिति गठन ।।

राम अवतार चौधरी
कपिलवस्तु, २६ भदौ ।

बाढी पिडितलाई राहत जुटाउन कपिलवस्तुमा राहत संकलन समिति गठन भएको छ । अकल्पनीय रूपमा मानवीय क्षति भएको दुःखद घडीमा सहयोग गर्नु मानविय स्वाभाव रहेको भन्दै राहत संकलनमा जुटेको संयोजक केरसिङ अदैले जानकारी दिए ।

सामाजिक अभियान्त तथा खरेन्द्रपुर निवासी केर सिङ अदैको संयोकतत्वमा ९ जनाको बाढी पिडित राहत संकलन समिति बुधबार गठन भएको हो । जसको सदस्यहरुमा नयाँ बस्तीबाट जुद्ध बहादुर कार्की, बुद्धभूमि मानपुरबाट तुलसी बोहरा, इमलियाबाट तुल्सिङ थापा, शिवपुर र मदवाबाट झक बहादुर विक, जिनुवाबाट भक्त बहादुर भण्डारी, ४ नं. जीतपुरबाट दल बहादुर कुँवर, गजेहडाबाट भविलाल गौतम, पिपराबाट दिल बहादुर पुन लगायत पदाधिकारी रहेको राहत संकलन संयोजक अदैलै जनाए ।

बागलुङ जिल्लाको पश्चिम भेगमा साविक बोवाङ एवं ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ मा गत भदौ १७ गते राति देउरालीको शिर देखि आयको भिषण बाढीले ठूलो मात्रामा मानवीय लगायत भौतिक क्षति भएको पिडालाई स्मरण गर्दै सामजिक कार्यमा जुटेको नयाँ गठित समितिले जनाएको छ ।

हाल सम्म २१ जनाको शव पहिचान भएको छ । भने २४ जनाको अझै सम्म कुनै पहिचान समेत नभएको साथै १ सय ३१ घरमा क्षति भएको छ । कति त घरबार विहिन भएका घर परिवार बिस्थापित भएका छन् । विद्यालय, बाटो, पुल, बिजुली लगायत पावर हाउस बाढीले बगाएको छ । यस्तो दुःखद अवस्थामा देश तथा विदेशबाट सहयोग गर्ने क्रम जारी रहेको छ । बागलुङ, बुर्तिबाङ, भुजिखोला क्षेत्रबाट बसाइँसराई गरी कपिलवस्तु आएका आफन्त एवंम् इस्तमित्रहरू अत्यन्त दुःखी हुनुका साथै सम्पूर्ण बागलुङ बासीलाई शोकमा डुबाएको जिल्ला बासीले दुःख व्यक्त गरेका छन् ।

यस दुःखद घडीमा बसाइँसरी कपिलवस्तुमा बसोबास गर्नेहरुले थोरै भएपनि राहत सहयोग गर्ने मनसायले यही भदौ २६ गते देखि राहत संकलन शुरू गरिने छ । बाढी पहिरो पीडितहरुको हातमै राहत सहयोग पुगोस् भन्ने धेरै जनाको चासो देखाएको सकभर सम्बन्धित वडा अध्यक्षहरू मार्फत प्रत्यक्ष पीडितहरुलाई भेटेर नगद रकम दिइने बताईएको छ । सहयोग डाटा, आफन्तजनहरुले गरेको सहयोग रकम सहितको नाम लिस्ट सार्वजनिक गरिने संयोजक केर सिंह अदैले बताउँदै सहयोग लागि सबैलाई अपिल गरिएको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma