Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

एकैदिन थपिए १४५४ संक्रमित

पछिल्लो २४ घण्टामा १४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७०१ नमुना परीक्षण गर्दा ४६३ महिला र ९९१ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ । उनीहरुमध्ये ३२२ जनाको मृत्यु भएको छ भने ३६ हजार ६७२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ९७२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma