Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

स्वास्थ्य सामाग्री वितरण

युवा संघ नेपाल कपिलवस्तुले जिल्ला विभिन्न निकायलाई मास्क, सेनिटाइजर, साबुन लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोभिड–१९ (कोरोना भाइरस) महामारीका बीचमा फ्रन्ट लाइनमा भएर काम गर्ने विभिन्न निकायका व्यक्तिहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो । फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मीहरुलाई मास्क, सेनिटाइजर, साबुन लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु जिल्ला कमिटी सह–संयोजक कृष्ण कार्कीले जानकारी दिनुभयो । जिल्लाका सबै प्रहरी चौकी,स्वास्थ्य सस्था तथा अतिआवश्यक क्षेत्रमा स्वास्थ्य सामाग्री बितरण गरेको युवा संघ कपिलवस्तु ईन्चार्ज गोपाल ज्ञावलीले बताउनुभयो ।
युवा संघले चन्द्रौटामा रहेका सचार सस्था रेडियो शिवराज, रेडियो समानता, वडा प्रहरी कार्यालय चन्द्रौटा, शिवराज–३ स्थित स्वास्थ्य चौकी, स्वर्गद्वारी आश्रम खरेन्द्रपुर, अस्थायी ट्राफिक पोष्ट चन्द्रौटा, पिपरी प्रहरी चौकी, शिवराज खबर पत्रिका लगायतलाई कोरोना संक्रमणबाट बच्न सुरक्षात्मक सामग्री मास्क सेनिटाइजर, साबुन वितरण गरिएको सह संयोजक कार्कीले बताउनुभयो । प्रदेश न ५ का प्रदेश सभा सदस्य विष्णु पन्थीको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री विभिन्न निकायलाई वितरण गरिएको नेकपाका युवा नेता सरोज पौडेलले बताउनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु जिल्ला कमिटी सदस्य विजय सापकोटा, बिष्णुु हमाल, कविराज अधिकारी, नेकपा शिवराज नगर कमिटी सदस्य सरोज पौडेल लगायतको उपस्थितिमा स्वास्थ्य सामाग्री वितरण गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma