Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराज नगरपालिका ९३ जना शिक्षक विद्यार्थीहरुलाई शारीरिक व्यायाम तालिम

माधव बेल्बासे
कपिलवस्तु चन्द्रौटा,२० चैत

कपिलवस्तुको शिवराज नगरपालिकामा विद्यार्थी र शिक्षकहरुलाई शारीरिक व्यायम तालिम प्रदान गरिएको छ । नगरका २२ वटा सामुदायिक विद्यालय,९ वटा संस्थागत विद्यालयहरुका दुई जना विद्यार्थी र एक जना शिक्षक गरी कुल ९३ जनालाई तालिम दिइएको छ । तीन दिन सम्म चलेको तालिममा कालिका मावि बुटवलका खेल शिक्षक हरिस ओली र रामु सुनारले प्रशिक्षण दिनुभएको थियो ।
शुक्रवार तालिम समापन गर्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले शारीरिक व्यायाम तालिमले विद्यार्थीहरुलाई स्वास्थ्य राख्नुका साथै खेल प्रति विद्यार्थीहरु आकर्षण बढ्ने बताउनुभयो । नगरले तीन दिन सम्म ख्याति प्राप्त प्रशिक्षक मार्फत विद्यार्थी र शिक्षकहरुलाई तालिम दिइएको बताउनुभयो ।
अब तालिम लिएका शिक्षक र विद्यार्थीहरुले आफ्नो विद्यालयहरुमा सोहि अनुसार दैनिक शारीरिक व्यायतम तालिम (पिटी) संचालन गर्न आग्रह गर्नुभयो । सुरुमा केहि समस्या हुने भएपनि केही समय पछि अनिवार्य रुपमा पिटी हुने भएकोले यसलाई आजै वाट सुरुवात गर्न सुझाव दिनुभयो । कार्यक्रममा नगर उपप्रमुख शिवकुमारी थारुले विद्यालयका शिक्षकहरुलाई पिटी संचालनको तरिका थाहा नहुँदा समस्या भएको विषयलाई मध्यनजर गरेर नगरले उक्त तालिमम संचालन गरेको बताउनुभयो । शारीरिक व्यायाम(पिटी) संचालन गर्दा विद्यालयको स्वरुप नै परिवर्तन हुने भएकोले सिकेको कुरालाई विद्यालयमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले विद्यार्थीहरुको शारिरिक, मानसिक,वैद्धिक,संवेगात्मक विकासको लागि तालिम संचालन गरेको बताउनुभयो । शारिरिक व्यायम तालिमले विद्यार्थीहरुमा अनुसासन,शिक्षण सिकाई क्रियाकलापमा उपयुक्त वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो । नगरका विद्यालय सुधारको लागि विद्यालयहरुवाटै अभियान संचालन हुने उहाँले बताउनुभयो ।
अब शिवराज नगरपालिकाका विद्यालयहरुमा विहान ९ः५० मा पहिलो घण्टी लाग्नेछ,जुन समयमा विद्यार्थीहरु कक्षाकोठा र शिक्षक कार्यकक्षमा जानुहुनेछ, त्यसपश्चात ९ः५५ मा दोस्रो घण्टी लाग्ने छ, यो समयमा शिक्षकहरु विद्यार्थीहरुको हाजिरीको लागि १० ः०५ सम्मको समय रहने छ । १०ः०५ मा शिक्षकहरुले विद्यार्थीहरु लामवद्ध रुपमा शारीरिक व्यायाम तथा विद्यालय परिसर सरसफाईको कार्यक्रम रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma