शिवराज जेसिजले कोरोना संक्रमितहरुलाई खाद्यन्य सामाग्री वितरण गरेको छ । कोरोनाले आक्रान्त भएको अवस्थामा सकारत्मक कामका लागि युवाहरुको नेतृत्व भन्ने नाराका साथ शिवराज जेसीजले नगरको शिवगढीमा रहेका आइसोलेशन सेन्टरमा रहेका कोभिड १९ का सक्रमितहरुका लागि खाद्यन्न वितरण गरेको छ । यस अघि नगरका विभिन्न ठाउँमा जेसिजले चेतनामुलक सन्देश सहितको व्यानर टास गरेको थियो ।
कोरोना संक्रमितहरुका एक क्युन्टल चामल,१० केजि दाल,तेल,नुन चना हरियो तरकारी लगाएतका सामाग्रीहरु वितरण गरिएको शिवराज जेसीजका अध्यक्ष बुद्धिसागर सापकोटाले बताउनुभयो । आइसोलेशन सेन्टरमा बसेका नागरिकहरुलाई सहज होस भन्ने उद्देश्यले सामाग्री वितरण गरिएको सस्थापक अध्यक्ष सरोज पौडेलले बताउनुभयो ।
जेसिजले सामाजिक क्षेत्रमा गरेको काम प्रति शिवराज नगरपालिका वडा न ९ का वडा अध्यक्ष चुर बहादुर खड्काले प्रशंसा गर्नुभयो । कोरोनाको दोस्रो लहर सुरु भएदेखि नै नागरिकहरुलाई सचेत बनाउने तथा संक्रमितहरुलाई विभिन्न सामाग्री वितरण गर्ने जस्ता गरेकामा धन्यवाद दिनुभयो ।
शिवराज नगरपालिका वडा न ९ मा संचालन गरिएको आइसोलेशन सेन्टरमा १६ जना संक्रमितहरुको उपचार भई रहेको वडा न ९ का वडा सचिव प्रेम वलीले जानकारी दिएका छन । खाद्यान्न हस्तान्तरण कार्यक्रममा पुर्व अध्यक्ष विजय सापकोटा, सरोज पौडेल,कविराज अधिकारी,विष्णु भुषाल,वाइपि पौडेल मनिष बन्जाडे, तिलक कार्की, तेज प्रसाद भट्टराइर्, यादव चन्द ,हरि श्रेष्ठ र शिव पराजुली रहेका थिए ।

0Shares