Developed By Kuldeep Sharma

१ घण्टा अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा डिभिजन वन कार्यालय गौतमबुद्धमा ध्यानाकर्षण पत्र

कपिलवस्तु — राष्ट्रिय स्वतन्त्र पार्टी शिवराज नगर समितिले डिभिजन वन कार्यालय गौतमबुद्ध, कपिलवस्तुमा ध्यानाकर्षण पत्र बुझाएको छ।

नगर सभापति बालकृष्ण पाण्डे को नेतृत्वमा गएको टोलीले वन कार्यालयमार्फत हुँदै आएका विभिन्न बेथिति, विसंगति तथा नागरिकलाई सास्ती दिने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराएको हो।

ध्यानाकर्षण पत्रमा वन कार्यालयबाट काठ दाउरा निकासी, पैठारी तथा अन्य सेवा प्रवाहका क्रममा ढिलासुस्ती, अनियमितता र सेवाग्राहीमैत्री व्यवहारको अभाव देखिएको उल्लेख गरिएको छ। साथै, सेवाग्राहीहरूबाट अनावश्यक झन्झट, दुःख र आर्थिक चलखेल भइरहेको भन्ने गुनासोसमेत आएको जनाइएको छ।

त्यस्तै, सामुदायिक वनहरू प्रभावकारी रूपमा नियमन हुन नसकेको र नियन्त्रण बाहिर जाने अवस्था देखिएको भन्दै त्यसमा पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्न जोड दिइएको छ।

पार्टीले नागरिकले सहज, छिटोछरितो र कानुनअनुसार सेवा पाउने वातावरण निर्माण गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै यस्ता विकृति दोहोरिन नदिन सजग गराइएको छ .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma