Developed By Kuldeep Sharma

२ महिना अगाडि

सुकुम्बासी बस्तीमा मन्त्री अधिकारी : भुमीका समस्या एकिकृत गरेर समाधान गरिन्छ

भूमी व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्री बलराम अधिकारीले भूमीका समस्याहरु एकिकृत गरेर समाधान गरिने बताउनुभएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा २ हल्लानगर पुगेर मन्त्री अधिकारीले भूमी सम्बन्धी धेरै कानून निर्माण तथा कार्यन्वयन गर्नुपर्ने बताउनुभयो । ५ पटक सम्म जलेर सर्घष गरेर बसेको हल्लानगर बस्तीका नागरिकहरुले जग्गा प्राप्ती गर्नुपर्नेमा जोड दिनुभयो । विगतका पनि लालपुर्जा प्रदान गर्ने तयारी भइरहेकोबेला सरकार ढल्दा काम पुरा हुन नसकेको जिकिर गर्नुभयो ।
लालपुर्जा एमालेको सरकारले मात्र वितरण गर्ने भएकोले अब त्यो दिन आएको उहाँले बताउनुभयो । निर्णय मात्र गरेर लालपुर्जा दिएमा त्यसलाई खारेज हुने भएकोले कानून र प्रकृया पुराएर मात्र लालपुर्जा वितरण गरिने अधिकारीले बताउनुभयो । शिवराज नगरक्षेत्रमा आफु लामो समय समस्या शिक्षण पेशा गरेकोले यहाँका हरेक समस्याबारे आफु जानकार रहेको उहाँले बताउनुभयो । हल्लानगरमा ५ सय घरधुरी लालपुर्जा बिहिन रहेकोले लालपुर्जा वितरण गर्नुपर्ने स्थानीय नहकुल विकले बताउनुभयो । भूमी अधिकारकर्मी लालु खनेल लगायतको समुहले लालपुर्जाको माग गर्दै मन्त्री अधिकारीलाई लालपुर्जाको लागि ज्ञापन पत्र बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma