Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

“सहकारीलाई आत्मनिर्भर सँग जोडौँ”

माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा
६७ औ सहकारी दिवसको अवसरमा शिवराज नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिवराज नगरपालिकाको सहयोग र शिवराज सहकारी सञ्जालको समन्वयनमा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले सहकारीहरूलाई आत्मनिर्भर सँग जोड्नुपर्नेमा जोड दिएका छन् ।
नगरप्रमुख अजय थापाले सहकारीहरू बचत र ऋणको लागि मात्र काम गर्ने गरेकोले अब रोजगारी र आत्मनिर्भरको लागि काम गर्नुपर्ने बताएका छन् । “सहकारीहरूले ब्याजको लागि मात्र लगानी गर्ने गरेको पाइन्छ,अब सहकारीहरूले साना उद्योगहरू पनि सञ्चालन गरेर रोजगारी प्रदान गर्नुपर्छ”मेयर थापाले भन्नुभयो “नगरपालिका सहकारीहरू सँग सहकार्य गर्न तयार छ, ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले सहकारीको सिद्धान्त र नेपालमा सहकारीको पछिल्लो अवस्थामा बारेमा जानकारी दिनुभएको थियो । शिवराजमा कुल सहकारी ५४ वटा रहेको र त्यसमध्ये २६ वटा कृषि सहकारी रहेको पौडेलले बताउनुभयो । नगरमा ११ वटा सहकारी निस्कृया रहेकोले उक्त सहकारीलाई सम्पर्कमा आउन सूचना समेत जारी गरेको उहाँले बताउनुभयो । कार्यक्रममा शिवराज सहकारी सञ्जालका अध्यक्ष शरद अधिकारीले पछिल्लो समय कतिपय सहकारीका कारण सहकारीको बदनाम भएको बताउनुभयो । राज्यले सहकारीहरू एकीकरण गर्ने नीति अघि सारेको बताउँदै कमजोर अवस्थामा रहेका सहकारीहरूलाई एकीकरण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहकारीका प्रतिनिधिहरूले नगरपालिकाले सहकारी सञ्चालकहरूलाई तालिम प्रदान गर्नुपर्ने बताउनुभयो । नगरपालिकाले जनशक्ति व्यवस्थापन गरी सहकारी शाखालाई व्यवस्थित बनाउन सकेमा सहज हुने जोड दिएका छन् । नगरप्रमुख अजय थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन लक्ष्मी कडेलले गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma