शिवराज नगरपालिका वडा न २मा वालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रक्रिया अगाडि बढेको छ । बुधवार युनिसेफको सहयोग र वडा कार्यालयको आयोजना भएको अभिमुखीकरण कार्यक्रममा आचारसंहिता निर्माण गरिएको छ । नेपाललाई २०३० सम्म स्थानीय शासन घोषणा गर्ने लक्ष्य अनुरुप शिवराज नगरपालिकामा पनि काम भइरहेको कार्यक्रम अधिकृत विजय अधिकारीले बताउनुभयो । कार्यक्रमको उद्देश्य बारे प्रकाश पर्दै अधिकारीले उपस्थित सबैले वालमैत्री स्थानीय शासन घोषणा गर्न सामुदायको महत्वपूर्ण भुमीका रहने बताउनुभयो ।
५१ वटा सुचकको पुरा गरेपश्चात घोषणा गर्ने प्रवधान भएअनुसार उक्त सुचकहरुलाई पुरा गर्ने उद्देश्यले वडाका काम भइरहेको वडा अध्यक्ष राम बहादुर चौधरीले बताउनुभयो । कार्यक्रममा नेपाल सरकारका पूर्व उपसचिव वावुराम भट्टराईले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष राम बहादुर चौधरी शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बावुराम पौडेल,विद्यालयका प्रतिनिधि,धर्मगुरुहरु,वालक्लवका प्रतिनिधिहरु, स्थानीय वालमैत्री शासन समितिका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया