Developed By Kuldeep Sharma

३ हप्ता अगाडि

व्यवसायिको जरिवाना छुट गर्न व्यापार संघ कपिलवस्तुको माग

मोफसल खबर चैत २६ कपिलवस्तु
ब्यापार संघ कपिलबस्तुले ब्यवसायिहरुको जरिवाना रकम मिनाहको लागी आन्तरिक राजश्व कार्यलय कृष्णनगरलाई अनुरोध गरेको छ । अध्यक्ष महादेव पोख्रेलको नेत्तृत्वमा गएको टोलिले कोभिड , आर्थिक मन्दी लगाएतका समस्याबाट ब्यवसायि पिडित भएकाले जरिवाना छुटको माग गरेका हुन ।
समस्या समाधानको लागी आन्तरिक राजश्व बिभागमा पहल गर्न आन्तरिक राजश्व कार्यलय कृष्णनगरलाई अनुरोध गरेको ब्यापार सँघले बताएको छ । आन्तरिक राजश्व कार्यालय कृष्णनगरले लामो समय सम्म कर दाखिला नगरेका व्यवसायिहरुको सुचि सार्वजनीक गरेपछि व्यापार संघले कर दाखिला गर्न तयार रहेपनि जरिवाना भने तिर्न कठिन भएको वताएको हो ।
अध्यक्ष महादेव पोख्रेलले काठमाडौंमा आयोजना भएको ब्यापार सघको महाधिवेशनमा समेत यो बिषयलाई गम्भिरता पुर्वक उठाउने बताउनुभएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma