Developed By Kuldeep Sharma

३ हप्ता अगाडि

आवर मदरल्याण्ड एकेडेमीको वार्षिकोत्सव तथा परीक्षाफल प्रकाशन

शिवराज नगरपालिका ५ चन्द्राौटामा रहेको आवर मदरल्याण्ड एकेडेमीको १८ औँ वार्षिकोत्सव तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै आएको यस विद्यालयको पठनपाठनमा प्रति बोल्ने वक्ताहरूले प्रशंसा गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख शिवकुमारी थारुले अहिलेको आवश्यकता भनेको गुणस्तरीय शिक्षा रहेको बताउनुभयो । विद्यार्थीहरूलाई सहज रूपमा सरल तवरबाट पठनपाठन गराउन सकेमा सबै नागरिकहरूलाई शिक्षित बनाउन सकिने बताउनुभयो । संस्थागत विद्यालयहरूले पनि निम्न तथा विपन्न वर्गलाई छात्रावृतीको व्यवस्था गनर््ुपर्ने विषयमा नगरपालिकाले छलफल गर्ने उहाँले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न नृत्य तथा वर्ष भरी विभिन्न क्रियाकलापका विजेताहरूलाई पुरस्कार पनि वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma