Developed By Kuldeep Sharma

३ हप्ता अगाडि

शिवराजमा मेयर उपमेयर कप सुरु

कपिलवस्तुको शिवराज नगरपालिकामा मेयर र उपमेयर कप सुरु भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा सामेवार नगरप्रमुख अजय थापाले खेलको औपचारिक उद्धघाटन गर्नुभएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले खेलमा जागरुक बनाउने उद्देश्लले खेल प्रतियोगिता आयोजना गरीएको बताउनुभयो । विगतमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सगै मेयर उपमेयर कप आयोजना हुने गरेमा यस वर्ष फरक फरक समयमा गरिएको उहाँले बताउनुभयो । पालिकाले विभिन्न समयमा खेल कार्यक्रम आयोजना गर्दा वर्ष भरीनै खेल सँग खेलाडीहर जोडिने थापाले बताउनुभयो ।
खेलमा मेयर कप तर्फ फुटवल,क्रिकेट,भलिवल,ब्याटमिन्टन, र कराते खेल हुने छ भने उपमेयर तर्फ क्रिकेट,फुटवल,भलिवल, कराते र ब्याडमिन्टन खेल हुने खेलकुद विकास समितिका संयोजक सन्तोष चौधरीले बताउनुभयो । गर्मी बढेसगै बिहानको समय र बेलुकाको समयमा खेल खेलाइने चौधरीले बताउनुभो ।
कार्यक्रममा वडा अध्यक्ष विक्रम केसी,राम बहादुर चौधरी,टेकलाल सापकोटा,नेत्र प्रसाद बेल्वासे,रामगोपाल थारु,एकिकृत समाजवादीका नगर अध्यक्ष सरोज पौडेल,नेकपा एमालेका अध्यक्ष जगत पौडेल,नेपाली काग्रेसका सभापति मधुसुदन पोख्रेल, समाजसेवि प्रेम रायमाझी हुमाकान्त खनाल,उपप्रमुख शिवकुमारी थारुले खेललाई सव्य भव्य रुपमा समापन गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma