Developed By Kuldeep Sharma

३ हप्ता अगाडि

बिहिवार चन्द्रौटामा इद मिलन हुने

इस्लाम धर्मावलम्बीको पर्व ईद उल फित्र (ईद) को अवसरमा बिहीबार शिवराज नगरपालिका ५ चन्द्रौटामा इद मिलन कार्यक्रम हुने भएको छ । मुस्लिम समाज शिवराज नगरपालिकाको आयोजनामा हुने इद मिलनमा जिल्ला तथा प्रदेशका विशिष्टि व्यक्तिहरुको आगमन हुने युवा नेता रहिस शाहले बताउनुभयो । चन्द्रौटा चोकमा हुने उक्त कार्यक्रममा सम्पूर्णलाई उपस्थितिको लागि शाहले आग्रह गर्नुभएको छ
यस अवसरमा भोली सरकारले सार्वजनिक बिदा दिएको छ । ईद, इस्लामिक धर्मावलम्बीको सबैभन्दा ठूलोमध्येको एक पर्व हो । यो पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यमा मनाउने गरिन्छ । यो एक महिनासम्म इस्लाम धर्मावलम्बीले दिनमा पानी समेत नखाइ कठोर व्रत बस्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma