Developed By Kuldeep Sharma

३ हप्ता अगाडि

इदले धार्मीक एकताको सन्देश प्रवाह गर्ने : मुख्यमन्त्री महरा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले इस्लाम धर्मालम्बीको पर्व इदले धार्मीक एकताको सन्देश प्रवाह गर्ने बताउनुभयो । विभिन्न धर्मालम्बीहरुको बसोवास रहेको नेपालमा सबै पर्वलाई सम्मान गर्दै खुसि साटासाट गर्नुपर्ने बताउनुभयो । शिवराज नगरपालिका ५ चन्द्रौटामा शिवराज मुस्लिम समाजले आयोजना गरेको इद मिलन कार्यक्रममा बोल्दै चन्द्रौटावासी सँग इद मनाउन पाउँदा खुसी लागेको बताउनुभयो । इदले समुदाय विच एकता कायम गर्दै भाइचाराको सम्बन्ध स्थापित गर्ने बताउनुभयो ।
प्रदेशका रहेको मदरसालाई व्यवस्थित गर्दै सरकारले शिक्षामा जोड दिने बताउनुभयो । शुक्रवार विश्वास मत लिने तयारी रहेको बताउँदै सवै दलहरु मिलेर प्रदेशको विकासमा एकजुट हुनुपर्ने तर्क राख्नुभयो । कपिलवस्तु जिल्लासँग आफ्नो पारिवारिक सम्बन्ध रहेको बताउँदै जिल्लामा पर्यटनलाई जोड दिदै विकास गर्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma