Developed By Kuldeep Sharma

२ हप्ता अगाडि

जातीय विभेद र छुवाछुत मुक्त समाज निर्माण गर्नुपर्नेमा सरोकारवालाको जोड

समाजमा जातीय विभेद र छुवाछुत मुक्त समाज निर्माण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । १८ औ छुवाछुत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले भाषणमा जातीय विभेद र छुवाछुत अन्त्यको विषयमा बोल्ने गरे पनि व्यवहारमा लागु हुन नसकेको बताएका छन् । कार्यक्रममा नगर प्रमुख अजय थापाले समाजमा जरा गाडेर बसेको विभेदलाई अन्त्य गर्न सबै लाग्नुपर्ने बताउनुभयो । समाजमा विभिन्न खाले विभेद रहेकोले विभेद अन्त्य गर्ने प्रमुख आधार शिक्षा रहेकोले नगरपालिकाले शिक्षामा विशेष जोड दिएको बताउनुभयो ।
शिवराज नगरपालिकाकाो सहयोगमा दलित विकास संस्था द्धारा आयोजित कार्यक्रममा दलित हक अधिकार र संरक्षणको लागि अहोरात्र खटने अधिकारकर्मीहरुलाई सम्मान गरिएको छ भने गत सालमा एसइइ राम्रो अंक ल्याई उर्तिण भएका विद्यार्थीहरुलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा नेकपा एमालले कार्यवाह अध्यक्ष महादेव पोख्रेल,नेकपा माओवादी केन्द्रका इन्चार्ज दिनेश पुन,अधिकारकर्मी मिना परियार,सुस्मा विक,चिन्ता परियार लगायत बोल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma