मोफसल खवर , कपिलवस्तु
पछिल्लो समय महिलामा पाठेघरको मुखको क्यान्सर बढी देखिन थालेपछि हेल्पिङ ह्यान्डस कपिलवस्तुले परीक्षण शिविर सञ्चालन गरेको छ । शिवराज नगरपालिकाको सहयोगमा नगरको वडा न ७ वालानगरमा एक दिने निशुल्क परीक्षण शिविरको आयोजना गरिएको हो ।
प्रजनन स्वास्थ्य पाठेघरको मुखको क्यान्सर जाँच सम्वन्धी निशुल्क स्वास्थ्य शिविरमा ६७ जना महिलाले सेवा लिएको हेल्पिङ ह्याण्डस कपिलवस्तुका अध्यक्ष देवेश कुमार मिश्राले वताउनुभयो । शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षणसँगै प्रजनन उमेरका महिलाको अन्य जाँच, आङ खसेका महिलाको जाँच तथा रिङपेशरी,सम्बन्धी सेवा प्रवाह भएको अध्यक्ष मिश्राले वताउनुभयो ।
शिविरमा ४२ जना महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ ,पाठेघर खसेको समस्या भएका ७ जना विभिन्न यौन रोग भएका १७ , गर्भपतन समस्या भएका २ जना, महिनावारी समस्या भएका ११ जना र तल्लो पेट तथा कम्मर दुख्ने समस्या भएका ९ जना महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।
प्रतिक्रिया