कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको शिवगढी इङ्लिस स्कुलले ७५ जना विद्यार्थीलाइ छात्रवृत्ति वितरण गरेको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरि छात्रवृत्ति बापतको रकम रु २६ लाख १ हजार १२० रुपैयाँ अभिभावकलाई हस्तान्तरण गरेको छ ।
निर्धारित समयमा भर्ना भएर फारम भरेका विद्यार्थीहरू बाट परीक्षा गराई ५२ जना जेहेन्दार विद्यार्थी पहिलो तिन महिनाको छात्रवृत्ति उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक तोयानाथ गैरेले बताउनुभयो । हरेक तिन तिन महिनामा परीक्षा गराई ५२ जनालाई छात्रवृत्ति उपलब्ध गराउने गैरेले बताउनुभयो । अन्य २३ जना विद्यार्थीलाई वार्षिक छात्रवृत्ति उपलब्ध गराउने उहाँले बताउनुभयो । जसमा वडा कार्यालयको सिफारिसमा विपन्न,अपाङ्ग,द्धन्दपिडित र कोभिड प्रभावित विद्यार्थीहरू रहेका छन् ।
विद्यालयले विगतका वर्षहरूमा पनि छात्रवृत्ति प्रदान गर्ने गरेको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरू शिवगढी स्कुलले छात्रवृत्ति प्रदान गरेर आर्थिक अवस्था कमजोर भएकाहरूलाई सहज भएको बताएका छन् । कार्यक्रममा प्याबसनका केन्द्रीय सदस्य शिव गैरेले निजी विद्यालयको नतिजाले देशको शिर उच्च राखेको दाबी गर्नुभयो । शिवराज नगरपालिका वडा न १ का सदस्य बसन्ती दूतराजले विद्यालले गुणस्तरीय शिक्षालाई जोड दिनुभयो । कार्यक्रममा शिवगढी पुस्तक पसलबाट पुस्तक खरिद गर्ने विद्यार्थीहरूलाई समेत पसलले रु १ लाख ४७ हजार आर्थिक सहयोग गरेको छ । पछिल्लो समयमा शिवराज नगरपालिका निजि विद्यालयहरुले विद्यार्थीहरुलाई उपलब्ध गराउने छात्रवृतिको विवरण नगरपालिकामा पेश गर्न भनेको छ ।
प्रतिक्रिया