नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुरको संचालक समितिको अध्यक्षमा विरेन्द्र सिह केसी निर्वाचित हुनुभएको छ । शनिवार भएको निर्वाचनमा सर्वसम्मत रुपमा समिति गठन भएको छ । उपाध्यक्षमा आनन्द भुसाल,सदस्यहरुमा शरद अधिकारी,ज्ञानुप्रसाद पोखरेल,पुष्पराज अधिकारी,दलर्जन केसी,लक्ष्मी अधिकारी,रेश्मा नेपाल,अर्जुन प्रसाद सापकोटा,विष्णुमाया केसी निर्वाचित हुनुभएको छ । लेखा समितिको संयोजकमा कपिलदेव खनाल,सदस्यमा भगवती केसी,गणेश केसी निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष केसीले क्याम्पसको शिक्षा गुणस्तरीयता वृद्धी,भौतिक संरचनाको विकास तथा अन्य क्याम्पसका समस्यलाई निरन्तररुपमा समाधान गर्न आफु लागि पर्ने बताउनुभयो । क्याम्पसलाई जिल्लाकै उत्कृष्ट बनाउन आफू प्रतिवद्ध भएर लागि पर्ने बताउनुभयो ।


प्रतिक्रिया