सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ता रुपेन्द्र प्रसाद आचार्यलाई सम्मान गरेको छ । कम्पनीले शनिवार एक कार्यक्रमको आयोजना गर्दै विश्वका अभिकर्ताहरुको अन्तर्राष्ट्रिय मंच एमडिआरटि 2025 बन्न सफल भएको सम्मान प्रकट गरेको हो ।
कम्पनी प्रदेश प्रमुख शुसिल चापागाइले दोसल्ला ओढाई आगामी दिनमा थप अगाडी बढन् शुभकामना दिनुभयो । कम्पनी सँग जोडिएके तीन महिनामै ठुलो सफलता हात पारेको भन्दै अन्य अभिकर्ताहरुको प्रेरणाको स्रोत आचार्य बनेको बताउनुभयो । कम्पनीका डिसिओ पवन कुमार खड्काले आफ्नो कार्यप्रति सधै लगनशील र निरन्तर लागिपरे सफलता हात पर्ने बताउनुभयो । कम्पनि सँग जोडिएको अनुभव सुनाउँदै आचार्यले आगामी दिन आफ्नो लक्ष्य अनुसार काम गर्ने जिकिर गर्नुभयो ।
कम्पनीको चन्द्रौटा शाखा प्रमुख युवराज पौडेलले कपिलवस्तु जिल्लाकै पहिले एमडिआरटि बन्न सफल भएको बताउनुभयो । यस शाखा बाट यस वर्ष अन्य अभिकर्ताहरु एमडिआरटि बनाउने लक्ष्य राखेको बताउनुभयो ।


प्रतिक्रिया