Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

व्यवसायिको जरिवाना छुट गर्न व्यापार संघ कपिलवस्तुको माग

कृष्ण थापा

मोफसल खबर चैत २६ कपिलवस्तु
ब्यापार संघ कपिलबस्तुले ब्यवसायिहरुको जरिवाना रकम मिनाहको लागी आन्तरिक राजश्व कार्यलय कृष्णनगरलाई अनुरोध गरेको छ । अध्यक्ष महादेव पोख्रेलको नेत्तृत्वमा गएको टोलिले कोभिड , आर्थिक मन्दी लगाएतका समस्याबाट ब्यवसायि पिडित भएकाले जरिवाना छुटको माग गरेका हुन ।
समस्या समाधानको लागी आन्तरिक राजश्व बिभागमा पहल गर्न आन्तरिक राजश्व कार्यलय कृष्णनगरलाई अनुरोध गरेको ब्यापार सँघले बताएको छ । आन्तरिक राजश्व कार्यालय कृष्णनगरले लामो समय सम्म कर दाखिला नगरेका व्यवसायिहरुको सुचि सार्वजनीक गरेपछि व्यापार संघले कर दाखिला गर्न तयार रहेपनि जरिवाना भने तिर्न कठिन भएको वताएको हो ।

अध्यक्ष महादेव पोख्रेलले काठमाडौंमा आयोजना भएको ब्यापार सघको महाधिवेशनमा समेत यो बिषयलाई गम्भिरता पुर्वक उठाउने बताउनुभएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma