Developed By Kuldeep Sharma

४ हप्ता अगाडि

जनचेतना सामुदायिक माविमा जम्मरकट्टेलद्वारा एक लाखको अक्षयकोष स्थापना गर्ने घोषणा

माघ १ गते ।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं . ८ लक्ष्मणपुरमा अवस्थित श्री जनचेतना समुदायिक माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष वासुदेव जमरकट्टेल द्वारा आफ्नो कान्छो छोरा सुवोध जमरकट्टेलको नाममा एक लाखको स्मृति अक्षयकोष स्थापना गर्ने घोषणा गर्नु भएको छ।
उक्त स्मृति अक्षयकोष रकमको व्याजवाट SEE मा सर्वोत्कृष्ट हुने छात्रालाई रु ५००० नगद पुरस्कारको राशि दिने समेत उदघोष गर्नु भएका हुन । SEE मा सहभागी हुने मध्येको छात्रा तर्फ सबै भन्दा बढ़ी जिपिए ल्याउनेलाई पुरस्कार दिने जानकारी गराउनुभएका हुन । पहिलो प्राथमिकता दलित र मुस्लिम छात्राहरु मध्येको उत्कृष्टलाई अथवा दुवै समुहमा नपर्ने भएपछि अन्य वर्गबाट छात्रामा उत्कृष्ट जिपिए ल्याउनेले उक्त नगद राशी पाउनेछ ।
जमरकट्टेल अग्र पङ्क्तिमा रहेका शिक्षाप्रेमी तथा कपिलवस्तु जिल्लाको पश्चिमी क्षेत्रका सबै पक्षको विकासमा सधै सकारात्मक सोचका साथ अघि बढने व्यक्तित्व हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma