Developed By Kuldeep Sharma

६० मिनेट अगाडि

उद्योग र शैक्षिक संस्था वीच सहकार्य अभिवृद्धि कार्यशाला

जनचेतना सामुदायिक माविले उद्योग र शैक्षिक संस्था वीच सहकार्य अभिवृद्धि कार्यशाला सम्पन्न गरेको छ।

जनचेतना सामुदायिक माध्यमिक विद्यालय लक्ष्मणपुरले शैक्षिक संस्था बीच सहकार्य अभिवृद्धि कार्यशाला आयोजना गरेको हो। कार्यक्रमको मुख्य उद्देश्य शिक्षा र रोजगारीबीचको सम्बन्धलाई मजबुत बनाउनु हो। यस कार्यक्रममार्फत विद्यार्थी, शिक्षक तथा उद्योग क्षेत्र बीच आपसी समन्वय, अनुभव आदान–प्रदान र व्यवहारिक सीप विकासमा जोड दिइनु भनी उद्देश्य अनुरुप कार्यक्रम सम्पन्न गरेको छ।
विशेषतया : शिक्षा र उद्योगबीच समन्वय स्थापना गर्नु र विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी उद्योगको आवश्यकता अनुसार व्यवहारिक सीप तथा अनुभव प्रदान गर्नु हो।
बिद्यालयमा संचालित प्राविधिक धार तर्फ कम्प्युटर इन्जिनियरिङ विषयका संयोजक बिष्णु प्रसाद विश्वकर्माले आफ्नो भनाई उद्योग क्षेत्र संग सहकार्य गरी विद्यार्थीलाई इण्टर्नशिप, तालिम तथा रोजगारीका अवसर उपलब्ध गराउनु कार्यक्रमले महत्व बोकेको छ, भनेर जोड्नुभयो।
बिद्यालयका प्रधानाध्यापक देवानन्द ठाकुरले शैक्षिक संस्था र उद्योग मिलेर अनुसन्धान, प्रविधि विकास तथा नवप्रवर्तनात्मक कार्यलाई अगाडि बढाउनुका साथै शिक्षक र उद्योग विशेषज्ञबीच अन्तरक्रिया तथा अनुभव साटासाट मार्फत शिक्षण प्रणालीलाई प्रभावकारी बनाउदा यो कार्यक्रम एकदमै अपरिहार्य रहेको बताउनुभयो।
दक्ष, सक्षम र रोजगारमुखी जनशक्ति उत्पादन गरी देशको आर्थिक विकास तथा आत्मनिर्भरता अभिवृद्धि गरिनु र यस प्रकारको कार्यशाला कार्यक्रमले शिक्षा प्रणालीलाई व्यवहारिक, उत्पादनमुखी र रोजगारमैत्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने सम्भावना रहेको भनेर कार्यक्रममा अध्यक्षता आसन ग्रहण गरेका विद्यालय व्यवस्थापन समितिका सदस्य सतिश चन्द्र गुप्ताले आशय व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma