कृष्ण थापा
कपिलवस्तु -शिवगढीमा जुनेटिक रोग सम्बन्धि एकददिने गोष्ठी गरिएको छ ।
बुधबार शिवराज नगरपालिका ९ को सभा हलमा वडाका सरोकार वालासंग जुनेटिक रोग सम्बन्धि एकदिने गोष्ठी गरिएको हो ।
गोष्ठीमा जुनेटिक रोग भनेको केहो पशु चौपायाबाट कसरी मानिसमा रोग सर्छ भन्ने बिषयमा प्रमुख प्रशिक्षक वरिष्ठ पशु बिकाश अधिकृत डा.प्रवेज आलम,पशु बिज्ञ डा उर्मिला भट्टराई ,र पशु सेवा साखाका पशु बिकाश अधिकृत धनेश्वर खनालले सहभागीलाई प्रशिक्षण दिनु भएको थियो ।
शिवराज नगरपालिका ९ को आयोजनामा समपन्न गोष्ठीमा प्रमुख अतिथि प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेल ,लेखा अधिकृत रामचन्द्र मरासिनी वडा अध्यक्ष रामगोपाल चौधरी ,वडा सदस्य रामनरेश थारु ,सरिता बि क वडा सचीव सिताराम कोहर ,सहायक प्राबिधिक अब्दुल उमर,शिवगढी स्व चौकीका नर्मदा न्यौपाने ,सामुदायिक बनको प्रतिनिधित्व गर्दै ईश्वर गिरि ,र बिष्णु सोति लगायत स्थानीय सरोकारवालाको सहभागितामा गोष्ठी समपन्न भएको हो ।
शिवराजनगरपालिका वडा न ९ को आयोजनामा भएको उक्त गोष्ठीमा स्थानीय फ्रेस हाउस संचालकहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नायब पशु स्वास्थ्य प्राविधिक गोपाल सापकोटाले गर्नु भएको थियोे ।


प्रतिक्रिया