Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

माधव बेल्वासे
कपिलवस्तु
शिवराज नगरपालिका वडा नं ३ मा प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले खेलकुद मानिसको शारीरिक र मानसिक स्वास्थ्यका लागि अत्यन्त महत्त्वपूर्ण रहेको जिकिर गरे । युवाहरूलाई खेलकुदमा संलग्न गराउनु आवश्यक रहेको समेत बताए। खेलमा अनुशासनको भूमिका प्रमुख हुने हुँदा सबै खेलाडीहरूलाई अनुशासित भएर खेल खेल्न अनुरोध गरे ।
कार्यक्रममा वडा अध्यक्ष टेकलाल सापकोटाले वडा नं ३ ले खेलकुदलाई उच्च प्राथमिकतामा राख्दै आएको र हरेक वर्ष यस्ता कार्यक्रमहरू आयोजना गरिरहेको बताए । यस वर्षको भलिबल प्रतियोगितामा ११ वटा समूहहरूले आफ्नो टोली दर्ता गरेका छन् । प्रतियोगिताको पहिलो दिनमा ६ वटा खेल सम्पन्न भएको आयोजक लोक सञ्चार मिडिया व्यवस्थापक नवराज पौडेलले बताए ।
प्रतियोगिताका विजेतालाई पहिलो पुरस्कारको रूपमा नगद रु १५,००० प्रदान गरिनेछ। दोस्रो स्थानमा आउने टोलीले रु ८,००० प्राप्त गर्नेछ भने तेस्रो स्थानमा आउने टोलीले रु ५,००० पुरस्कार पाउनेछ .कार्यक्रममा नेपाली काग्रेसका नेता हुमाकान्त खनाल,नेकपा एमालेका अध्यक्ष महादेव पोखरेल, वडा सदस्य लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma