Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

नेकपा माओवादी केन्द्र शिवराज नगर समितीको बैठक सम्पन्न

शिवराज: नेकपा माओवादी केन्द्र शिवराज नगर समितीको बैठक आइतबार पार्टी कार्यालयमा सम्पन्न भएको छ। बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै पार्टी सुदृढीकरणमा नयाँ योजनाहरू प्रस्तुत गरेको छ। समितीकी कार्यवाहक अध्यक्ष सरला बुढाका अनुसार बैठकमा सदस्यता नविकरणको प्रक्रिया अघि बढाउने र आगामी दिनमा वडा सम्मेलन गर्ने निर्णय गरिएको छ।

यसैगरी, बैठकले युवा संगठन वाईसीएलको नगर सम्मेलन मंसिर ४ गते गर्ने निर्णय गरेको छ। केन्द्रीय र प्रदेश समितिका परिपत्रहरूको वाचन गर्दै बैठकमा निर्देशिका जानकारी गराइएको थियो।

कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य शान्तिदेवी हरिजनले माओवादी पार्टीप्रति जनताको आकर्षण बढ्दै गएको बताउँदै, पार्टीको कार्यदिशा र उद्देश्यप्रति जनताको समर्थन व्यापक रहेको बताउनुभयो।

नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विष्णु वेल्वासेले संगठन मजबुत बनाउन सबै सदस्यहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो। साथै, देशका ठूला शक्तिहरूले गरेका विभिन्न अपराधहरू जनसमक्ष छर्लङ्ग भइसकेकोले अहिले नागरिकहरू थप सचेत भएको उहाँले बताउनुभयो।

यसै क्रममा, नेकपा माओवादी केन्द्रका इन्चार्ज दिनेश पुनले भ्रष्ट नेतालाई संरक्षण दिने कार्यमा वर्तमान सरकार संलग्न रहेको आरोप लगाउँदै, स्थानीय तहमा पनि विभिन्न समस्या रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमको अध्यक्षता सरला बुढाले गर्नुभएको थियो भने सञ्चालन सचिव आकाश बुढाले गर्नुभएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma