Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

कपिलवस्तु अदालतका दुई कर्मचारी घुस सहित पक्राउ

कपिलवस्तु ः कपिलबस्तु अदालतका दुई जना कर्मचारी २० हजार घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित जिल्ला अदालत कपिलवस्तुका दुई जना कर्मचारीलाई पक्राउ गरेको हो ।
कपिलवस्तुका जिल्ला अदालतका तहसिलदार सन्तोष कुमार मिश्र र कम्पुटर अपरेटर विकास पाण्डेले सेवाग्राहीसँग जग्गा सम्बन्धि कार्यका लागि २० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनीहरुलाई घुससहित कपिलवस्तुको गौढी चोकस्थित चिया पसलबाट पक्राउ गरिएको हो । अहिले थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma