Developed By Kuldeep Sharma

४ घण्टा अगाडि

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा ढकाल

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुको चौथो अधिवेशनबाट पदम ढकालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
नवगठित कार्यसमितिमा अध्यक्षमा पदम ढकाल, प्रथम उपाध्यक्षमा हरिप्रसाद खनाल, द्वितीय उपाध्यक्षमा ध्रुव भुसाल तथा पर्यटन उपाध्यक्षमा बैकुण्ठ बेल्बासे चयन हुनुभएको छ। त्यसैगरी महासचिवमा लक्ष्मण न्यौपाने, कोषाध्यक्षमा हुमनाथ पौडेल, सचिवमा सिम श्रेष्ठ र सचिवालय सदस्यमा कमला आचार्य चयन हुनुभएको छ।

सदस्यहरूमा भरत विष्ट, विष्णु प्रसाद अधिकारी, रामचन्द्र बेल्बासे, मोहन पाण्डे, लक्ष्मीनारायण खनाल, हरिनारायण बेल्बासे र श्रीधर आचार्य चयन हुनुभएको छ भने लेखनाथ घर्ति पदेन सदस्य रहनुभएको छ।

नव निर्वाचित टोलीले कपिलवस्तुको होटल तथा पर्यटन व्यवसायलाई थप सशक्त, व्यवस्थित र व्यवसायमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma