Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

भारतमा २४ घण्टामा ५२ हजार बढीमा कोरोना संक्रमण, संक्रमित संख्या १८ लाख नाघ्यो

मोफसल खबर

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्या साढे १८ लाख नाघेको छ । सोमबार यो समाचार तयार पार्दासम्म भारतमा थप ५२ हजार ७८३ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ४ हजार ७०२ पुगेको छ ।

भारतमा चार दिनमा मात्रै १ लाख ९ हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमितमध्ये अहिलेसम्म ११ लाख ८७ हजार २२८ संक्रमणमुक्त भएका छन् भने ५ लाख ७९ हजार ३१३ जनाको उपचार भइरहेको छ ।
कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७५८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३८ हजार १६१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma