Developed By Kuldeep Sharma

६ घण्टा अगाडि

भुवन्नेश्वरी माविमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

कपिलवस्तु, जेठ १४ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. ३ स्थित भुवन्नेश्वरी माध्यमिक विद्यालयमा नेपाल टेलिकमको सामाजिक उत्तरदायित्व (C.S.R.) कार्यक्रम सम्पन्न गरिएको छ ।नेपाल टेलिकमको सहयोगमा सम्पन्न कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोला, कपी लगायत विभिन्न शैक्षिक सामग्री वितरण गरिएको हो।

विद्यालयको शैक्षिक तथा सामाजिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार कार्यक्रममार्फत करिब १५० जना विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको छ।

कार्यक्रममा शिक्षा क्षेत्रको विकासका लागि समुदाय, विद्यालय र अभिभावकबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

कार्यक्रममा बोल्दै वडा नं. ३ का वडा अध्यक्ष हृदय विक्रम चौधरीले यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा थप्नुका साथै अध्ययनप्रतिको आकर्षण बढाउने बताए। उनले गुणस्तरीय शिक्षाका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्दै समुदाय र विद्यालयबीचको समन्वयले मात्र शिक्षामा अपेक्षित सुधार सम्भव हुने उल्लेख गरे।

त्यसैगरी कार्यक्रमका पहलकर्ता तथा सहजकर्ता कृष्ण प्रसाद आचार्यले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय तथा विद्यार्थीलाई सहयोग गर्नु समाजप्रतिको दायित्व भएको बताए। उनले आगामी दिनमा पनि शिक्षा, सरसफाइ तथा सामाजिक चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma