कपिलवस्तु, १४ जेठ
महिनावारी स्वच्छता दिवसको अवसरमा राष्ट्रिय माध्यमिक विद्यालय चन्द्रौटामा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
शिवराज नगरपालिकाको आयोजना तथा मेरि स्टोप सेन्टर सुनौलो परिवार नेपाल को सहयोगमा आयोजित प्रतियोगितामा माध्यमिक तहका ९ वटा विद्यालयका छात्राहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी छात्राहरूले महिनावारी स्वच्छता, किशोरी स्वास्थ्य, सचेतना र सामाजिक विभेद अन्त्यका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा श्री प्रकाश मा.वि. की छात्रा चाँदनी चौधरी प्रथम हुन सफल भइन् । त्यसैगरी श्री शिवगढी इङलिस बोर्डिङ स्कूल की छात्रा यमकुमारी अधिकारी द्वितीय तथा फफुरी इङ्लिस बोर्डिङ स्कूल की छात्रा श्रेया पाण्डे र हंसबाहिनी विद्यालय की छात्रा तनु सुनार तृतीय भएका थिए । उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रम राष्ट्रिय मा.वि. चन्द्रौटा का प्रधानाध्यापक प्रकाश अधिकारीको अध्यक्षता तथा नगर उपप्रमुख शिवकुमारी चौधरी को प्रमुख आतिथ्यता सि अनमी निरीक्षक संगिता परियारको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा वक्ताहरूले महिनावारीलाई प्राकृतिक प्रक्रिया रूपमा स्वीकार गर्दै स्वच्छता र सचेतना अभिवृद्धिमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए ।


प्रतिक्रिया