Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कोरोना कहर बिचमा जनै पूर्णिमा , भौतिक दुरी कति कायम ? (फोटो फिचर)

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।


विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसका कारण यस पटक यो पर्वलाई मनाउने रुपमा केहि खुम्च्याइएको छ । सरकारले जनै पूर्णिमाको दिन घर घर गएर जनै र डोरो (रक्षाबन्धन) नगर्न आग्रह गरेको छ । जनै पूजा पनि भिडभाड नगरी गर्न निर्देशन गरेको छ ।

रक्षासुत्र (डोरो) र जनैलाई वैदिक मन्त्रद्धारा पुजा गरेपछि धारण गर्ने चलन रहेको छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।


कपिलवस्तुको शिवराज नगरपालिकाको विभिन्न शिव मन्दिरमा विहानै दखि जनै रक्षासुत्रलाई वैदिक मन्त्रद्धारा पुजा गरिएको छ । नगरपालिकामा कोरोना समुदाय स्तरमा नै फैलिएको अवस्थामा भौतिक दुरी कायम गर्दै पुजा गर्ने मन्दिरु व्यवस्थापन समितिको आग्रह भए पनि मन्दिरहरुमा भने भिडभाड नै देखिएको थियो ।


चन्द्रौटाको दुर्गा मन्दिर व्यवस्थापन समितिले दुरी कायम गरी पुजामा सहभागि हुन भने पनि भौतिक दुरी खासै कायम भएको नपाइएको पुजामा सहभागिहरुले बताएका छन । मन्दिर प्रवेश गर्नेले माक्सको प्रयोग भने गरेको पाइएको छ ।


दुरी कायम गरी पुजामा सहभागि हुन र अनिवार्य माक्सको प्रयोग गर्न मन्दिर व्यवस्थापन समितिले आग्रह गरेको व्यवस्थापन समितिका अध्यक्ष तारा प्रसाद पौडेलले बताउनुभयो । हामीले मन्दिरमा सेनेटाइजरको पनि व्यवस्था गरेका छौ । दुरी कायम गर्न अनुरोध पनि गरेका छौ उहाँले भन्नु भयो । सतर्कता अपनाउदै अहिले पुजारीबाट टिका लगाउने व्यवस्थालाई परिमार्जन गर्दै टिका र प्रसाद अलग्गै दिने व्यवस्था मिलाएका छौं पौडेलले भन्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma